Logo

प्रमुख समाचार

एमाले केपी ओलीको प्राईभेट कम्पनी !



नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुषालले सौराहा महाधिवेशनपछि एमाले केपी ओलीको प्राईभेट कम्पनी भएको बताएका छन् ।

हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा नेता भुषालले शब्दमा पार्टीलाई कम्पनी भन्न नरुचाए पनि सारमा प्रा लि नै भएको स्विकारेका छन् ।

‘नेकपा एमाले सौराहा महाधिवेशन पछाडि अध्यक्ष केपी ओलीको प्राईभेट कम्पनी भयो भनेर जव सञ्चार माध्यमहरुले लेख्छन् वा भन्छन् । पार्टी अध्यक्षलाई, वहाँलाई आदर गर्नेहरुलाई चित्त दुख्नु स्वभाविक हो ।

यी सवै क्रियाकलपले चै एउटा प्रालि जस्तो एमाले देखिन्छ ?’ भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले ओलीको क्रियाकलापले पार्टीलाई प्रालि भन्ने ठाउँ प्राप्त भएको वताए ।

‘वहाँले प्रालि वनाउन चाहानु हुन्छ की चाहानु हुन्न भनेर मैले सोध्या छैन । तर वहाले जे गर्दै हुनुहुन्छ, त्यसले चै प्रालि बनाउन जाँदै हुनुहुन्छ भनेर मान्छेलाई भन्न सक्ने ठाउँ छ’ उनले भनेका छन् ।

‘एउटा लिष्ट ल्याउने, पढ्ने, अनि हललाई चै ल सप्पै अधिकार वहाँलाई दिउँ भनेर कसैले प्रस्ताव राख्दिने, त्यस वारे प्रस्ताव राख्न मिल्छ की मिल्दैन त्यो पनि छलफल नगर्ने, अनि त्यसपछाडि एउटा कमिटी घोषणा गर्ने, त्यो कमिटीको बिरुद्धमा लौ उठ, उठ्न मन लाग्छ भन्देखिन भनेर ब्यक्तिलाई चै छोड्दिने । त्यो ब्यक्तिलाई छोडदिसेपछि पनि यसलाई भोट नदिनु है भनेर सप्पैलाई लेखेर पठाउने । यो तरिका त कम्पनीको तरिका हो, गतिविधिको हिसावले ।’

यति भनिसकेपछि ‘तर, चुनाव त भयो फेरी । कम्पनी त रहेनछ ।’ भन्दै उनले आफ्नै वचाउ पनि गरेका छन् । ‘कम्पनी–कम्पनी जस्तो, पार्टी–पार्टी जस्तो’ भन्दै भन्दै प्रस्तोताले अझै जोड गरेपछि नेता भुषालले पार्टीमा ठुलै समस्या भएको र त्यसको उत्तर आगामी दिनमा दिनु पर्ने बताएका छन् ।

‘हो, यसको हामीले भविष्यमा उत्तर दिनुपर्ने छ । तपाईले उठाएको यो प्रश्न धेरै जटिल प्रश्न हो, धेरै महत्वपुर्ण प्रश्न हो । यसको उत्तर हाम्रा कर्मले, मेरो पार्टीका कर्मले दिनुपर्छ। हामी दिन्छौ ।’– उनले भनेका छन् ।

प्रकाशित मिति : पुष १०, २०७८ शनिबार  ४ : ०५ बजे

423
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।