Logo

राजनीति

बालिका बलात्कारपछि हत्या गर्नेलाई मृत्युदण्डको सजाय हुनु पर्नेमा महिला सांसदको जोड



संघीय संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका महिला सांसदहरुले बालिका बलात्कार गरि हत्याा गर्नेलाई मृत्यु दण्डको सजाय हुनुपर्ने माग गरेका छन् । उनीहरुले कानून संशोधन गरे भए पनि अपराधीहरुलाई मृत्यु दण्डको सजाय दिने कानून बनाउनु पर्नेमा जोड दिएका छन् ।

सबै राजनीतिक दलका सांसदहरूले कम्तिमा पनि १६ वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई मृत्युदण्डको सजाय दिने कानुन बनाउन पहल थाल्नुपर्ने बताएका हुन् । सोमबार संघीय संसद सचिवालयसिंहदरबारमा  छलफल गर्दै महिला सांसदहरुले कानून संशोधन गर्दै मृत्युदण्डको सजाय राख्नु पर्ने जनाएका हुन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसकी प्रतिनिधिसभामा सचेतक पुष्पा भुसालले भनिन्, १६ वर्षभन्दा मुनिकालाई बलात्कार गरेर हत्या गर्नेलाई मृत्युदण्डको सजाय दिने कानुनी व्यवस्था राख्नुपर्नेगरी अगाडि बढ्नुपर्छ । यसका लागि हामीले संविधान संशोधन गर्नुपर्छ । अन्तर्राष्ट्रिय सन्धि सम्झौता त परिमार्जन गर्न सकिन्छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  २ : ३२ बजे