Logo

राजनीति

राष्ट्रपतिद्वारा तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) सहितका तीनवटा  अध्यादेश पारित 



राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ लगायतका तीनवटा अध्यादेश पारित गरेकी छिन् । 

सोमबारका राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश पारित गरेकी हुन् ।

तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७,फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश, २०७७पारित भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दिएका छन् ।

presedent.jpg 

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ३ : २५ बजे