Logo

राजनीति

मन्त्रीपरिषद् हेरफेर गर्नेबारे ओली -प्रचण्डबीचको कुरा मिलेन



मन्त्रीपरिषद् हेरफेर गर्ने विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्वाद निष्कर्ष बिहिन भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय ओली प्रचण्डबीच मन्त्रीमण्डल पूनर्गगनका विषयमा सम्बाद भएपनि सम्वाद निष्कर्ष विहिन भएको हो ।

मन्त्रीपरिषद् पुनर्गठनलगायत पार्टी सचिवालयमा प्रस्तुत एजेन्डाबारे छलफल गरी समझदारी जुटाउनका लागि बसेको बैठक सहमति जुट्न नसकेपछि मंगलबार फेरि बैठक बस्ने गरी सकिएको हो। कुन कुन मन्त्रीलाई हटाउने र कति जनालाई हटाउने भन्ने विषयमा सहमित नहुँदा आजको छलफल निष्कर्ष विहिन भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ३ : ४० बजे