Logo

राजनीति

पदाधिकारी नै चयन नगरी सकियो अखिलको अधिवेशन



विराटनगर : नेकपा एमाले मोरङको जिल्ला अधिवेशनमा पदाधिकारीसहित सबै सदस्यहररू सर्वसम्मत गर्ने तयारीमा जुटिरहेको बेला भातृ संगठन अनेरास्ववियूले भने पदाधिकारी चयन नै नगरी जिल्ला अधिवेशन सकेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) मोरङ जिल्ला कमिटीको २३औँ जिल्ला अधिवेशन पदाधिकारीविनाको ५१ सदस्यीय समिति घोषणा गर्दै शनिवार बिहान सम्पन्न भएको हो ।

शुक्रबारदेखि विराटनगरमा जारी जिल्ला अधिवेशन शनिवार बिहान ५१ सदस्यीय कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो । अध्यक्षका आकांक्षी चार जना भएपछि पदाधिकारी टुङ्गाउन नसक्दा बैठकबाट पदाधिकारी चयन गर्नेगरी अधिवेशन सम्पन्न भएको बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष तथा अनेरास्ववियूका उपमहासचिव भाष्कर खनालले बताए । उनका अनुसार २९ पुसमा बस्ने बैठकले अध्यक्षसहित अन्य पदाधिकारी टुगाउने भएको छ ।

एमालेले जिल्ला अधिवेशनमा भने पदाधिकारीसहित सबै सदस्य सर्वसम्मती बाटै गर्नेगरी तयारी भइरहेको एमाले मोरङका अध्यक्ष ऋषिकेश पोख्रेलले बताए ।

प्रकाशित मिति : पुष १७, २०७८ शनिबार  १२ : २६ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।