Logo

राजनीति

महाधिवेशन आयोजक कमिटी बैठकमा नेपाल पक्ष नजाने



सत्तारूढ नेकपा एमालेको केन्द्रीय कमिटी (महाधिवेशन आयोजक कमिटी) बैठक बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ  । एमालेको केन्द्रीय समितिलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रुपान्तर गरेपछि आज पहिलो बैठक बस्न लागेको हो ।

बैठकमा राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव र उपनिर्वाचनको तयारीलगायतबारे छलफल हुने संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

तर माधव नेपाल पक्ष सहभागी नहुने भएका छन् । नेतृ अष्टलक्ष्मी शाक्यले आफूहरु बैठकमा सहभागी नहुने बताइन् । ‘महाधिवेशन आयोजक कमिटीको बैठक भनेका छन् । हामीलाई आयोजक कमिटी कहिले गठन गरे थाहा छैन्,’ उनले भनिन्, ‘त्यसैले हामी बैठकमा जाँदैनौँ ।’

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार १०:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।