सत्तारुढ नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बैठक बोलाइएको छ।
पार्टीभित्र चर्किरहेको द्वन्द्वकाबीच बोलाइएको बैठकमा एमालेको खनाल–नेपाल समूह भने सहभागी नहुने भएको छ। एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईका अनुसार बैठकमा प्रदेशगत रिर्पोटिङ एजेण्डा बनेको छ।
जिल्लाहरुका इन्चार्ज तोक्नेलगायत नेताहरुको कार्यविभाजन पनि आजको बैठकको एजेण्डा बनेको छ। बैठकमा उपनिर्वाचनको तयारीका मामिलामा पनि छलफल हुने भट्टराईले बताए। यसैबीच नेकपा माओवादी केन्द्रले पनि सोमबार स्थायी समिति बैठक बोलाएको छ। माओवादी केन्द्रको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया