Logo

राजनीति

एमाले धनकुटामा सर्वसम्मतको प्रयास



धनकुटा, नेकपा (एमाले) धनकुटाको साताैँ अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतकाे प्रयास थालिएकाे छ ।

शनिबार बिहानबाट बन्दसत्र सुरु भएसँगै अध्यक्षका उम्मेदवार इन्द्रमणी पराजुली, निरन राई, चिन्तन तामाङ र  शिव आङ्लासँग सहमतिका लागि नेताहरुले प्रयास गरिरहेा हुन् । 

पार्टी नेतृत्वलाई क्रियाशील र सशक्त बनाउन जिल्ला नेतृत्वमा आफू आउनुपर्ने उनीहरुकाे तर्क छ ।

जिल्ला अधिवेशनबाट पाँच जना पदाधिकारी र ८५ जना सदस्य निर्वाचित हुने छन् । अधिवेशनका लागि ७ वटै पालिकाबाट करिब ९ प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति : पुष २४, २०७८ शनिबार  १० : २९ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।