Logo

प्रमुख समाचार

कम्युनिस्ट पार्टीको खोल ओढेर सरकार ढाल्ने काम भयो : केपी ओली



संखुवासभा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको खोल ओढेर केही व्यक्तिले एमालेको सरकार ढाल्ने काम भएको बताएका छन् । नेकपा एमाले संखुवासभामा आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कम्युनिस्ट पार्टीको खोल ओड्नेहरूले सरकार ढाल्ने काम गरेको बताएका हुन् ।

वामपन्थीको खोल ओढ्ने दक्षिणपन्थीहरूले सरकार गिराउने काम गरेको उनको भनाइ छ । एमालेले देशमा ल्याएको विकासको लहर देख्न नचाहनेहरूले आफू नेतृत्वको सरकार ढालेको उनले आरोप लगाए ।

फागुनमा स्थानीय तहको चुनाव गरिसक्नु पर्ने भए पनि अहिलेको सरकारले चुनाव गर्ने कुनै सम्भावना नभएको उनको दाबी छ । अहिलेको सरकार सुशासनभन्दा लुटतन्त्रमा लागेको उनले बताए ।

अहिलेको सरकार स्थानीय तहलाई प्रतिनिधिविहीन बनाएर कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्रतर्फ लागेको ओलीको आरोप छ । गठबन्धनको सरकारले २०५९ सालमा जस्तै जनप्रतिनिधि विहीन बनाउन लागेको उनले आरोप लगाए ।

फागुनमा स्थानीय तह निर्वाचन गर्नुपर्ने भए पनि सरकारले कुनै तयारी नगरेको उनले बताए । ओलीले देश विकाशको अभिभारा एमालेको काँधमा आएको समेत बताएका छन् । वामपन्थी भन्ने माधव नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड)हरू प्रतिक्रियावादीको खेमामा पुगेको आरोप लगाए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट विद्रोह गरेका माधव नेपाललाई संकेत गर्दै ओलीले वामपन्थी खोल ओढेर प्रतिक्रियावादी दक्षिणपन्थी शक्तिलाई साथ दिने पार्टीको पछि नलाग्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : पुष २६, २०७८ सोमबार  ६ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।