Logo

प्रमुख समाचार

उपसभापति गुरुङले प्रचण्डलाई भने – ‘खोलो तरेर लौरो बिर्सिएको हिसाब अब हुन्छ’ !



नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी निर्वाचनमा कुनै पनि हालतमा कांग्रेसले कम्यूनिष्टसँग गठबन्धन गर्नै नहुने बताएका छन् ।

पहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डकी छोरी जिताउँदा कांग्रेसलेको के हविगत भएको थियो त्यो सम्झनु पर्ने भन्दै उपसभापति गुरुङले गठबन्धन गर्यो भने कांग्रेसलेले जित्ने चुनाव पनि नजित्ने ठोकुवा गरे ।

गुरुङले नेपाली कांग्रेसलाई चुनाव जित्न कसैको ‘बैशाखी’ आवश्यक नरहेको भन्दै पहिले प्रचण्डले दिएको धोका कांग्रेसले सम्झनु पर्ने बताए। प्रचण्डमा खोलो तरेर लौरो बिर्सने प्रवृती रहेको भन्दै उपसभाति गुरुङलेले त्यसको हिसाब कांग्रेसले राख्नु पर्ने बताए ।

प्रचण्डले छोरी जिताउँन कांग्रेसलाई प्रयोग गरेपछि कांग्रेसलाई धोका दिएर एमालेसँग गठबन्धन गरे । खोलो तर्ने अनी लौरो बिर्सने यस्तो प्रवृती प्रचण्डमा रहेको छ अहिले पनि कांग्रेसको पुच्छर समातेर बैतर्नी तर्ने कुरा गर्दैछन् । यो कुनै हालतमा कांग्रेसले पुरा हुन दिनु हुँदैन, गुरुङले भने ।

स्याङ्जा कांग्रेसको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सम्बोधन गर्दै उपसभापति गुरुङले कांग्रेसको दुवै खुट्टा दर्‍हो भएकोले बैशाखी टेक्न जरुरी नरहेको बताए । उनले कम्युनिष्टको बैशाखी टेके कांग्रेस तेस्रो हुने टिप्पणी गरे ।

‘कांग्रेसेको आफ्नो खुट्टा दर्‍हो छ । एक्लै लडेर कांग्रेसले बहुमत ल्याउनसक्छ । यदि कम्यूनिष्टसँग गठबन्धन गरेर बैशाखी टेक्ने हो भने पहिलो होइन तेस्रो हुनपनि गार्‍हो पर्छ’, गुरुङले भने । उनले गठबन्धन सरकार आन्दोलनको ‘बाइप्रडक्ट’ मात्रै रहेको भन्दै चुनावमा गठबन्धन जरुरी नरहेको बताए ।

‘चुनाव भनेको देउसी खेलेजस्तो होइन । केराको खम्बा चार भाई जम्मा भनेजस्तो होइन । हिजोपनि कांग्रेसले उपेन्द्र, बाबुरा, महन्थ र प्रचण्डपुत्रीहरुलाई जिताएको हो । तर, उनीहरूले खोला तरेपछि लौरो बिर्सिए । फेरि त्यो गल्ती गर्नुहुन्न’, गुरुङले भने । उनले कांग्रेसको काँध चढेर वैतरणी तर्ने सपना कसैले देख्न नहुनेमा जोड दिए ।

कांग्रेसको विधानले रुखभन्दा अन्य चिन्हमा मत दिनेलाई ‘अन द स्पट’ कारबाही गर्ने व्यवस्था गरेको भन्दै गुरुङले रुखमा भोट नदिने छुट कांग्रेसलाई नभएको बताए ।

गुरुङले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा ठूला भ्रष्टाचार र अनियमितताको छानबिन गर्ने उल्लेख भएको स्मरण गराउँदै भ्रष्टाचारका फाइल खोज्न सरकार डराउन नहुने बताए । उनले नेताको नाम जोडिएका सबै भ्रष्टाचार मुद्दाको निष्पक्ष छानिबन गर्ने हिम्मत देखाउन देउवालाई आग्रह गरे ।

‘प्रधानमन्त्रीजी ठूला भ्रष्टाचारको फाइल खोलौं । भ्रष्टाचारीलाई जेलमा हालेर चुनावमा जाने हो भने कसैको साहरा चाहिँदैन, एक्लै चुनाव जितिन्छ’, गुरुङले भने ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १२ : ४९ बजे