Logo

राजनीति

एमाले स्थायी कमिटीबाट नेपाल समूहका नेता आउट, बादल र रायमाझी भित्रिए



नेकपा एमालेमा नयाँ स्थायी कमिटी बनेको छ । अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार बालुवाटारमा राखेको बैठकले नयाँ स्थायी कमिटी बनाएको हो ।

नयाँ स्थायी कमिटीमा एमाले एक हुनुपर्छ भन्दै महाअभियान चलाउँदै आएका नेता वामदेव गौतम पनि समेटिएका छन् भने विपक्षी एमालेका नेताहरु भने परेका छैनन् ।

अध्यक्ष ओलीले अन्य सदस्यहरु थप्दै जाने जानकारी दिएका थिए । पूर्वमाओवादीबाट एमाले बनेका नेताहरु भने सबै स्थायी कमिटी सदस्य बनेका छन् ।

 

प्रकाशित मिति : बैशाख ९, २०७८ शुक्रबार  १ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।