Logo

प्रमुख समाचार

कोराना प्रभाव: जनमोर्चाको प्रदेश सम्मेलन रोकियो, नयाँ मिति घोषणा



राष्ट्रिय जनमोर्चाले १५-१६ माघका लागि तय गरेको प्रदेश सम्मेलन स्थगित गरेको छ । कोरोनाका कारण देखाउँदै यसअघि तय गरिएको  प्रदेश सम्मेलनकाे मिति फेरबदल गर्दै नयाँ मिति तोकिएको छ ।

‘कोरोना महामारी बढेपछि १५-१६ माघमा सात वटै प्रदेशमा हुने भनिएको सम्मेलन रोक्न बाध्य भएका छौं,’ अध्यक्ष चित्रबहादुर केसीले भने, ‘अब त्यो फेरबदल गरेर ६ र ७ फागुनमा सम्मेलन गर्नेछौं ।’

संघीयताविरोधी एक मात्र दल जनमोर्चाले प्रदेशस्तरमा सम्मेलन गर्न लागेको यो पहिलो पटक हो ।
 

प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार १२:४७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।