प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विगतमा गरेका कुनै पनि निर्णय नसच्याउने जवाफ दिएपछि नेता बामदेव गाैतमले उनीसँगकाे डिनर मिटिङ नै छाडेर बालुवाटारबाट फर्केका छन् ।
गौतमले गत फागुन २८ को निर्णय नसच्याएसम्म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ नदिने प्रस्ट्याएका छन् ।बेलुकी ८ बजे भएको डिनर मिटिङमा ओलीले उनलाई पार्टी काममा फर्कन अनुरोध गरेका थिए ।
ओलीले ती निर्णय फिर्ता हुुँदैनन् भने । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ,’ गौतमले विज्ञप्तिमा भनेका छन्। गत फागुन २८ गते गरिएका निर्णय फिर्ता नभएसम्म साथ नदिने जवाफ दिएको जानकारी दिएका हुन् । नेपाल समूहकै पक्षमा उभिएर गाैतमले पनि उक्त निर्णय फिर्ता हुनुपर्छ भने पछि प्रधानमन्त्री ओली पनि झाेकिएका थिए ।
माधव नेपालसँग दुइदिन लगातार भेट गरेका ओलीले कुरा मिल्ने छाँटकाँट नदेखेपछि गाैतमकाे सहारा लिन खाेजेका थिए ।
प्रतिक्रिया