Logo

प्रमुख समाचार

भौतिक पूर्वाधारमन्त्री रेणु यादव आउट !



भौतिक पूर्वाधारमन्त्री रेणु यादवको पद धरापमा परेको छ । गौर नरसंहार दोहोराउने अभिव्यक्ति दिएपछि उनको पद धरापमा परेको हो ।

विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले यादवको अभिव्यक्तिप्रति गम्भीरता देखाइसकेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि चासो लिएको बुझिएको छ ।

रेणु यादवलाई मन्त्रीबाट हटाउन जसपा अध्यक्ष उपेन्द्र यादवलाई दबाब बढिसकेको छ । विश्वस्त स्रोतका अनुसार जसपा नेता डा। बाबुराम भट्टराईले यसबारे चासो दिइसकेका छन् ।

सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरुले नै यादवको राजीनामा मागेका छन् । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले गौर नरसंहार दोहोराउने अभिव्यक्ति दिने यादवलाई पदमा रहने नैतिक अधिकार नभएको बताइसकेका छन् ।

आजै जनमत पार्टीका नेता सीके राउतलाई लक्षित गर्दै रेणु यादवले गौर नरसंहार दोहोराउने चेतावनी दिएकी छिन् । उनले २०६३ सालमा भएको गौर नरसंहारको उदाहरण दिदै राउतका कार्यकर्ताको हालत नरसंहारमा मारिएका माओवादी कार्यकर्ताको जस्तै बनाइदिने चेतावनी दिएकी हुन् ।

याे पनि

गौर नरसंहार : रेणुको धम्की, उपेन्द्र यादवलाई धक्का

रेणु यादवले ज्यान मार्छु भनेपछि सिके रावतको यस्तो प्रतिक्रीया

रेणु यादवद्वारा सीके राउतलाई ज्यान मार्ने धम्की

आज मधेशमा बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा बोल्दै यादवले भड्किलो अभिव्यक्ति दिने क्रममा सीके राउतलाई चेतावनीको भाषामा भनिन्,‘इतिहासमा राइस मिल अझै जिवित छ । यो गौरमा चिर्पट देखाउने प्रयास नगर । तुफानसँग भिड्न आए तपाईंको उही हालत हुनेछ जे गौरको राइस मिलमा भएको थियो ।’

७ चैत्र २०६३ मा गौर नगरपालिकाको राइस मिलमा तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरमले एकसाथ कार्यक्रम गर्न लाग्दा भएको झडपमा हिंसा मच्चिएको थियो । फोरमका कार्यकर्ताले २७ जना माओवादीका वाइसिएल कार्यकर्ताको हत्या गरेका थिए । गौर नरसंहारका रुपमा चर्चित यो घटनामा हालका जसपा अध्यक्ष उपेन्द्र यादव मुछिएका छन् ।

बबन सिंह देखि उपेन्द्र यादवसम्म गरी ११३ जनाको नाममा न्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको छ । तर, यसमा अझैसम्म कसैले सजाय पाएका छैनन् । गैर नरसंहारको विषय ओझेलमा पारिएपनि बेला बेलामा उठ्ने गरेको छ ।

प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार  ५ : ३८ बजे

2.535k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।