Logo

राजनीति

बामदेवको योग्यता माथि प्रश्नउठेपछि प्रधानन्यायाधीशको संयोजकत्वमा ५ सदस्यीय इजलास गठन 



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष एवम् राष्ट्रिय सभा सदस्य वामदेव गौतमको योग्यतामा प्रश्न उठेपछि संवैधानिक इजलास गठन गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको नेतृत्वमा ५ सदस्यीय इजलास गठन भएको हो ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराको नेतृत्वमा गठित ५ सदस्यीय इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

संवैधानिक इजलासमा अधिवक्ता बद्रिराज भट्ट र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेका छुट्टाछुट्टै निवेदन परेसँगै संवैधानिक इजलास गठन गरिएको हो ।

प्रकाशित : १४ आश्विन २०७७, बुधबार