नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदबाट बहुमत लिनबाट रोक्न पहल गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।
विश्वासको मत लिनबाट रोक लगाएसँगै वैकल्पिक सरकार निर्माणबारे छलफल थालिने उनले बताए । प्रधानमन्त्री ओलीले वैशाख २७ मा संसदबाट विश्वासको मत लिने जनाएका छन । पदाधिकारी बैठकले राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश समेत जारी गरिएको भन्दै कडा विरोध र भत्सर्ना पनि गरेको छ ।
सहमहामन्त्री डा. महतले राष्ट्रपतिले संविधान र लोकतन्त्रको खिलाफमा हुने गरेर अध्यादेश जारी गरिएको भन्दै आपत्ति जनाए ।
प्रतिक्रिया