नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । संसदीय दलको आज बसेको बैठकले बैठकले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको गत चैत्र २१ मा गरेको निर्णय कार्यान्वयनमा पहल गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया