Logo

राजनीति

मन्त्रीपरिषद बैठक : कोरोना नियन्त्रणबारे छलफल, युनिफाइड कोभिड अस्पतालको प्रस्ताव



आकस्मिक डाकिएको मन्त्रीपरिषद बैठकमा कोरोनाभाइरस नियन्त्रण, रोकथाम र अस्पतालहरुका व्यवस्थापनबारे छलफल भएको छ । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले कोरोना महामारी चुनौतिपूर्ण ढंगले बढिरहेको भन्दै अस्पतालहरुको सहज व्यवस्थापनका उपायहरु खोज्नुपर्ने भन्दै अन्तर मन्त्रालय समन्वय गरी कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी कार्य गर्नुपर्ने बताएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

बैठकमा एकीकृत कोभिड अस्पताल सन्चालन गर्नेबारे छलफल भएको थियो ।  कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गरिने भएको छ । 

प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार  ८ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।