प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत लिने भनेको मिति एकदिन मात्र बाँकी रहेका बेला दलहरुमा छटपटी देखिएको छ । यही छटपटीका बीच जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् । अर्को अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीलाई समर्थन नगर्ने भनि रहेका बेला ठाकुर र महतो भने ओलीकै पक्षमा समर्थन जनाउन अनुरोध गर्ने देउवा निवास पुगेको बुझिएको छ ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त नहुने अवस्था आएमा जसपा नेपालका अध्यक्ष ठाकुर पक्ष तटस्थ बस्ने सोच पनि बनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नै विश्वासको मत प्राप्त नहुने अवस्थामा आए जसपा नेपाल तटस्थ बस्दा नै राम्रो हुने सुझाव दिएको एक वरिष्ठ नेताले बताए ।
प्रतिक्रिया