Logo

राजनीति

देउवाको सन्देश बोकेर बालुवाटार पुगे ठाकुर र महतो



प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्वासको मत दिन आग्रह गर्दै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र अर्का नेता राजेन्द्र महतो ओलीलाई भेट्न सिधै बालुवाटार पुगेका छन् । आफूहरुले ओली विरुद्ध नजाने भएकोले नेपाली काँग्रेसले पनि ओलीलाई विस्वासको मत दिनु पर्ने भन्दै ठाकुर र महत देउवा निवास पुगेका थिए । 

पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रम ओलीविरुद्ध काँग्रेस र माओवादीसँग गठबन्धन बनाइरहेको बेला ठाकुर बूढानीलकण्ठ पुगेर काँग्रेस सभापतिलाई सो सन्देश दिएका हुन् ।

देउवासँग ओलीले लिन लागेको विस्वासको मतको बारेमा आधिकारिक धारणा माग गरेको बुझिएको छ । ठाकुर र महतोको प्रश्नको जवाफमा देउवाले आफ्नो पार्टीले प्रधानमन्त्री ओलीको विपक्षमा मत हाल्ने यसअघि नै निर्णय गरिसकेको बताएका थिए ।

 

प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार  ११ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।