Logo

राजनीति

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै



सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन्। सोमबार संसदको विशेष अधिवेशन बस्नुपूर्व अधिवेशन तयारी र सांसदहरुमा कोरोना संक्रमण देखिएको सन्दर्भमा अधिवेशन कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल गर्न समितिको बैठक डाकिएको सभामुख प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

२६ सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भैसकेको छ । कोरोना संक्रमित सासदलाई बैठकमा के कसरी सहभागी गराउने भन्नेबो छलफल हुने उनले जानकारी दिए ।

संसद सचिवालयले वैशाख २२, २३ र २४ गते गराएको पीसीआर परीक्षणमा २६ जना सांसद र १४१ जना कर्मचारीहरुलाई संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आईतवार ११:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।