संवैधानिक परिषदको बैठकले रिक्त रहेका संवैधानिक परिषदहरुमा नियुक्तिको सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले लोकसेवा आयोग लगायत रिक्त संवैधानिक निकायहरूमा पदाधिकारी सिफारिस गरेको छ ।
नियुक्ति सिफारिस गरिएका नाम भने सार्वजनिक गरिएको छैन । प्रमुख प्रतिपक्षी दलका नेता र सभामुखले बहिष्कार गरेको परिषद बैठकमा प्रधानन्यायाधीश भने सहभागी भएका थिए ।
प्रतिक्रिया