लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा विभिन्न ४० सांसदले हस्ताक्षर गरेका छन । अविश्वास प्रस्तावमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका सांसदले हस्ताक्षर गरेका छन ।
लुम्बिनीमा हाल ७९ सदस्य छन । अविश्वास प्रस्तावमा माओवादी संसदीय दलका नेता कुलबहादुर केसीलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ।
प्रतिक्रिया