Logo

राजनीति

गण्डकीमा तीन दिनभित्र सरकार गठनका लागि प्रदेश प्रमुखद्धारा आह्वान



गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेकी हुन् ।

उनले ३ दिनभित्र  नयाँ सरकार गठन गर्न आह्वान पनि गरेकी छिन् । साथै अर्को सरकार गठन नहुञ्जेलसम्मका लागि संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई दिइएको प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

gandaki ko prades letter.jpg

प्रकाशित मिति : बैशाख २६, २०७८ आईतबार  ५ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।