Logo

राजनीति

संसदले ओलीलाई विस्वास गरेन, सरकार स्वत: काम चलाउ



प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदका बहुमत सदस्यहरुले विस्वासको पिक्षमा मत दिएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बाबुराम उपेन्द्र समूहका सांसदहरुले ओलीको प्रस्तावका विपक्षमा मत दिएका हुन् । 

संसदमा हाल कायम सांसदहरुको कुल संख्या २७१ मध्ये ओलीले विस्वास दिलाउन १३६ मत पाउनु पर्थ्यो । तर ओलीको पक्षमा जम्मा ९३ मत मात्र खसेपछि उनी अल्पमतमा मात्र परेका छैनन्, नेपालको इतिहासमा पहिलो पटक झण्डै दुई तिहाइको मतका बनेको कम्युनिष्ट सरकार नै ढलेको छ । 

विगत केही दिनदेखि निरन्तर माधवकुमार नेपाल र झलनाथ खनाल समूहसँग सहमति गर्ने गरी दोश्रो तहका नेताहरु खटाएर पछिल्लो पटक आफैंले पनि सक्रियता देखाएका ओली आफ्नो योजनामा असफल बन्न पुगे । देश पुरै कोरोनाको मारमा रहेका बेला प्रधानमन्त्रीको राजनीतिक वितण्डा बढी भयो भनेर आम जनताहरुबाट तीब्र आलोचना भई रहेको थियो । 

नेपालको संविधानको धारा ७६ अनुसार अब राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न दलहरुलाई आव्हान गर्नेछिन् । त्यसो हुन नसके बहुमत प्राप्त दलको सरकार निर्माण गर्न आव्हान गर्ने व्यवस्था संबिधानमा छ ।

प्रकाशित मिति : बैशाख २७, २०७८ सोमबार  ६ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।