Logo

राजनीति

मन्त्रीपरिषद्को बैठक शुरु 



मन्त्रीपरिषद्को नियमित नियमित बैठक शुरु भएको छ ।  बैठक बिहिबार  बिहानै सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

हप्तामा दुई दिन सोमवार र बिहीवार नियमित बैठक बस्न सक्ने ब्यवस्था रहेको थियाे ।  प्रधानमन्त्री आज अपरान्ह व्यस्त हुने भएकाले बैठक बिहानै बोलाइएको उनको भनाई छ। हप्तामा दुई दिन बस्न सक्छ भन्ने हो। अरु बेला ४ बजे बस्ने गरेको थियो। आज बिहानै भयो, उनले भने।

मन्त्रिपरिषद पुनर्गठबारे चर्चा भए पनि ढिलाई भइरहेको छ। नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहल प्रचण्डबीच मन्त्रिपरिषदमा क-कसलाई सहभागी गर्ने र कसलाई बिदा गर्ने भन्नेमा कुरा मिल्न नसेकाे बताइएकाे छ ।

 

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार १०:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।