Logo

राजनीति

मन्त्रालय बढाउने काम गर्यो भने त्यसको घोर विरोध गर्छाै :नेता पौडेल 



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीले मन्त्रालय फुटाएर मन्त्री पद बाँड्ने गैर जिम्मेवारी प्रवृतिले संविधानको अन्त्य गर्न खोजेको आरोप लगाएका छन् ।

बिहिबार ट्विट गर्दै प्रधानमन्त्री ओलीलाई भनेका छन्,देशलाई भारमात्र पर्ने गरी प्रधानमन्त्रीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्ने, मन्त्री पद बाँड्ने गैर जिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त गर्न खोजेको हो । देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी मान्छे भर्ने चलन कम्युनिष्टले चलाएका छन

वरिष्ठ नेता पौडेलले कर्मचारीको पेन्सन धान्न नसक्ने भैसकेको अवस्था रहेको उल्लेख गरेका छन् । साथै जनतालाई सर्बसुलभ स्वास्थ्य सुबिधा दिन नसकिरहेको अवस्थामा फेरी मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा हामी उत्रने चेतावनी समेत दिएका छन् ।

प्रकाशित : १५ आश्विन २०७७, बिहिबार