Logo

राजनीति

देशको संकट निकासमा बाबुरामको उपाय, पूर्वप्रधानमन्त्री बाहेकबाट नेतृत्व चुनौं



जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले राजनीतिक र महामारी संकट समाधानका लागि चारवटा उपाय औल्याएका छन् । सामाजिक सञ्जाल ट्टिरमा ट्विट गर्दै डा. भट्टराईले यस्ता उपायहरु औंल्याएका हुन् ।

देशमा अब प्रधानमन्त्री चुन्दा पूर्वप्रधानमन्त्री बाहेकबाट चुन्ने र उसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने भट्टराईको पहिलो उपाय हो भने दलका प्रमुख र पूर्वप्रधानमन्त्री रहेको राष्ट्रिय निर्देशक समिति बनाउने दोश्रो उपाय हो । यसका साथै डा भट्टराईले साझा न्युनतम् कार्यक्रम (कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन, आर्थिक राहत इ.)लागू र एक बर्षभित्र चुनाव गर्नु पर्ने उनको राय रहेको छ ।

 

dfdfdfdf.JPG

प्रकाशित मिति : बैशाख २८, २०७८ बुधबार  १० : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।