Logo

राजनीति

मुख्य सचिवमा शंकरदास बैरागी नियुक्त 



सरकारले मुख्य सचिवमा शंकरदास बरागीलाई नियुक्त गरेको छ । बिहिबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले दासलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

रेग्मीलाई बेलायतको राजदूत र पूर्व अर्थमन्त्री खतिवडालाई मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले बताए । कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव भएका हुन् ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेको छ । आजै राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरिएको स्रोतले जनाएको छ ।

 

प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार  ११ : ५१ बजे