गण्डकी प्रदेशमा मुख्यमन्त्रीको चयनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीता पौडेलले तीनदिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन । उनले दिएको समयसीमा आज दिउँसो ४ बजे सकिँदै छ ।
प्रदेश प्रमुखले दिएको समयसीमा भित्र दलहरूले बहुमत पु¥याई नयाँ मुख्यमन्त्रीको नाम सिफारिस गर्नुपर्ने छ । जनमोर्चाका एक सांसदले कांग्रेस नेतृत्वलाई सहयोग गर्न नसकिने बताएपछि विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना कम हुँदै गएको छ ।
६० सदस्यीय प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र स्वतन्त्रबाट १ सांसद छन् । नयाँ सरकार गठनका लागि ३१ सांसद आवश्यक पर्छ ।
प्रतिक्रिया