Logo

राजनीति

कर्णाली प्रदेशमा दुई मन्त्रीद्वारा राजीनामा



कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन् ।

उनीहरू दुवै जना माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरिसकेका छन् ।

प्रकाशित मिति : बैशाख २९, २०७८ बुधबार  ३ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।