कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेका छन । मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल शर्मा आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन ।
त्यस्तै, सुर्खेतका बिन्दमान विष्ट आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । त्यस्तै माओवादी केन्द्रकी समानुपातिक सांसद तथा प्रमुख सचेतक सीता नेपाली जलस्रोत मन्त्री बनेकी छिन् ।
भौतिक पूर्वाधार मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालय बनाइएको हो । यसअघि आजै कर्णाली सरकारका दुई मन्त्रीले राजीनामा दिएका थिए । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिलामन्त्री विमला केसी हुन ।
प्रतिक्रिया