Logo

राजनीति

गण्डकी प्रदेशमा सरकार गठन : विपक्षी गठबन्धनद्धारा बहुमतको दाबीसहित प्रदेश प्रमुखलाई पत्र



गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले वैकल्पिक सरकार गठन गर्न बहुमत पुग्ने दाबीसहित प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् । विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसका कृष्णचन्द्र नेपालीलाई समर्थन गरेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई बुझाएका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनका लागि तीन दिनको समय दिएकी थिइन । आफूविरुद्धको अविश्वास प्रस्तावको सामना नै नगरी गुरुङले राजीनामा दिएका थिए । गुरुङको राजीनामासँगै बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुखले आज दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन् ।

सो समयभित्रै विपक्षी गठबन्धनले आफूहरु बहुमतको सरकार गठनका लागि बहुमत पुग्ने भन्दै पत्र बुझाएका हुन । ६० सदस्यीय गण्डकी प्रदेशमा सरकार गठनका लागि ३१ सदस्य आवश्यक पर्छ । 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार १६:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।