Logo

राजनीति

वैरागी मुख्य सचिव, डा. खतिवडा अमेरिका र रेग्मी बेलायतको राजदूत सिफारिस



आज बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिवमा शंकरदास वैरागी, बेलायतको राजदूतमा लोकदर्शन रेग्मी र अमेरीकाको राजदूतमा डा.यूवराज खतिवडालाई नियूक्ति गर्ने निर्णय गरेको छ । 

मुख्य सचिव लोकदर्शन रेग्मीले आफ्नो पदबाट राजीनामा दिएसँगै बैठकले शंकरदास वैरागीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । कात्तिक ३ गते रेग्मीको कार्यकाल सकिँदै थियो। यदि उनले राजीनामा जदिएको भए सचिवहरु वैरागी, मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी तीन सचिवले नै अवकास पाउने थिए । तर उनले राजीनामा दिएपछि मुख्य सचिवको दौडमा ३ जना नै लागेका थिए। वैरागी बिहानै बालुवाटार पुगेको समेत स्रोतले जनाएको छ ।

प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार  १२ : ५७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।