काठमाडौं । गत बैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथ ग्रहण खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले ओलीलाई पुनः सपथ गराउनुपर्ने र गत शुक्रबार लिएको सपथ त्रुटिपूर्ण रहेको भन्दै रिट दायर गरेको बताइएको छ ।
उक्त दिन भएको सपथ ग्रहणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दमा ओलीले ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न अस्वीकार गरेका थिए । सोही विषयलाई लिएर संविधानको धारा ८० बमोजिम सपथ बदर गरेर पुनः सपथ गराउनुपर्ने माग रिट निवेदन दर्ता गर्दै निवेदकहरुले राखेको अदालतको गोप्य स्रोतले जानकारी दिएको छ ।
उक्त कुराको जानकारी दिँदै स्रोतले अदालतले भने सो रिट दर्ता नगरिसकेको समेत बताएको छ ।
प्रतिक्रिया