Logo

राजनीति

प्रधानमन्त्री ओलीलाई धक्का, जसपाले विस्वासको मत लिनबाट रोक्यो



नेपालको संवैधानिक व्यवस्था अनुसार हरेक जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट आउनु पर्छ । त्यो भन्दा अगाडि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्ने हुन्छ । जेठ १५ आउन धेरै दिन नहुँदा यस वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटको अत्तोपत्तो देखिएको छैन ।

त्यसो त गत बैशाख २७ गते विस्वासको मत लिन खोज्दा अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओली बैशाख ३० गते ठूलो दलको नेताको हैसियतमा नवनिर्वाचित छन् । प्रधानमन्त्री चुनिएको ३० दिनभित्र विस्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था अनुसार जेठको पहिलो साता नै यो प्रकृया सक्ने सोच बनाएको बुझिएको छ । जेठ ६ गते विस्वासको मत लिने र बजेट निर्माणमा लाग्ने सोच बनाएका ओलीलाई जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले रोकेका छन् । 

नेता ठाकुर र महतोले आफ्ना मागहरु सम्बोधन गर्ने सहमति कार्यान्वयन नगरी विस्वासको मत लिन लागिएमा असफल बनाउने चेतावनी दिएपछि ओली पछि हटेको श्रोत बताउँछ । उनीहरुको यस्तो चेतावनीपछि ओली बजेट निर्माणमा अल्मलिएका छन् । 

प्रकाशित मिति : जेष्ठ ३, २०७८ सोमबार  ११ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।