सरकार काेराेना भाइरस नियन्त्रणमा असफल भएकाे भनी तीव्र आलाेचना भइरहेका बेला माओवादी केन्द्रकाे स्थायी कमिटी बैठक आज बिहीबार बस्दै छ।
बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक काेराेना महामारी नियन्त्रण र सरकारका कदममा केन्द्रित हुने नेताहरुले बताएका छन्। सरकारले काेराेना महामारी नियन्त्रणमा पर्याप्त कदम नचालेकाे भन्दै माओवादी नेताहरु सार्वजनिक रुपमा सरकारकाे आलाेचना गर्दै आएका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार मात्र महामारी नियन्त्रणका सन्दर्भमा स्वास्थ्यकर्मी, चिकित्सक तथा विज्ञहरुसँग परामर्श गरेका थिए।
प्रतिक्रिया