वाग्मती प्रदेशमा आज सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरु भएको छ ।
मतगणनाको पछिल्लो नतिजा अनुसार विपक्षी गठवन्धनका साझा उम्मेद्वार डा. खिमलाल देवकोटाको अगाडि रहेका छन् । उनको पक्षमा ८७ मत खसेको छ भने नेकपा एमालेका उम्मेद्वार राम बहादुर थापा बादलको पक्षमा ५३ मत खसेको छ ।
हालसम्म चार जिल्लाको मतगणना सकिएको छ । बिहिबार भएको मतदानमा ३३८ मत खसेको थियो ।
प्रतिक्रिया