Logo

राजनीति

प्रदेश- ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ प्रस्ताव 



मुलुक संघीयतामा संघीयतामा गए पनि केहि प्रदेशहरुको नामाकरण र राजधानी समेत टुगो लाग्न सकिरहेको छैन्  । नेपालमा तीन तहको संघीय राज्य प्रणाली अन्तगर्त सात वटा प्रदेश छन् ।

जस मध्ये सूदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशले आफ्नो प्रदेशको नाम र राजधानीको यस अघि नै टुंगो लगाइसेका छन् । प्रदेश नम्बर पाँच, दुई र तीन र एकले अझै प्रदेशको नाम टुंगो लगाउन सकेको छैन् । 

यसै सन्दर्भमा प्रदेश ५ को प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र प्रदेशको राजधानी भालुवाङ राख्ने प्रस्ताव गरेको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश गरेका हुन् ।
दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी बनाउने प्रस्ताव छ । यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने उनको प्रस्ताव छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार १५:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।