Logo

राजनीति

बामदेवको मुद्धाबारे अझै सुनुवाई भएन,  फेरि पनि हेर्दाहेर्देमा 



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष एवम् राष्टिय सभा सदस्य बामदेव गौतमको मुद्धा फेरी पनि हेर्दाहेर्दैमा सरेको छ ।गौतमसँग सम्बन्धित रिटमा सर्वोच्च अदालतमा अब बुधबार सुनुवाई हुने भएको छ ।

शुक्रबार सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर बाँकी सुनुवाई आउँदो बुधबारसम्मका लागि सरेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए। यस अघि पनि उनको मुद्धा  शुक्रबार सम्मका लागि सरेको थियो । बामदेवको मुद्धाका विषयमा सर्वाैच्च अदालतले प्रधानन्यायाधीशको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन गरेको थियो । गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की,  विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासको पूर्ण इजलासमा सुनुवाई भएको थियो । 

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ३ : ५१ बजे