नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आफूअनुकुल नभएपछि प्रतिनिधिसभा भंग गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता थापाले सो आरोप लगाएका हुन् ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई संविधान र संसद दुवै मन नपरेकोले भंग गरिएको उनको आरोप छ । ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद !,’ उनले लेखेका छन् ।
सेटिङका आधारमा यसबीचमा विघटन, पुनःस्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६ (३)को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ ९५०को आव्हानको नाटक गरेर अनुकुल नभएपछि फेरि विघटनको काम भएको नेता थापाको टिप्पणी छ । उनले भने, ‘प्रकृया त देखाउन मात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो । लिए १’
सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेको आरोप पनि लगाएका छन् । ‘नेता गण ! नअलमलिउँ, खुट्टा नकमाऔँ, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौँ,’ उनले अगाडि भनेका छन् ।
प्रतिक्रिया