Logo

राजनीति

संसद् विघटनपछि भारतीय दूतावास पुगे राजेन्द्र महतो 



जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो भारतीय दूतावासमा पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गर्दै निर्वाचन घोषणा गरेपछि जसपाका नेता महतो शनिबार भारतीय दूतावास पुगेका हुन् । 

उनी केहीबेरअघि लैनचौरस्थित भारतीय दूतावासमा प्रवेश गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई समथर्न गर्दै आएका महतो भारतीय दूतावासमा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको विघटन र निर्वाचन घोषणा गरेकी छन् । यसअघि वैशाख ३० गते पनि महतो दूतावास पुगेर छलफल गरेका थिए । उक्त छलफलपछि महतोले प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई समर्थन गर्ने बताएका थिए । 

सोही अनुसार ओलीले शुक्रबार प्रधानमन्त्रीमा दाबी गरेका थिए । तर, विपक्षी गठबन्धनले पनि १४९ सांसद्को समर्थनसहित प्रधानमन्त्रीमा दाबी गरेपछि राष्ट्रपति भण्डारीले दाबीका लागि उपयुक्त आधार नपुगेको भन्दै खारेज गरिदिएकी थिइन् । 

फाइल तस्बिर ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार १२:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।