काठमाडौ । पूर्वमन्त्री तथा नेपाली कांग्रेस (वी.पी) का महामन्त्री सुशिलमान शेरचनले २०७२ को संविधान नेपालका निमित्त असफल भएको बताएका छन् ।
गत वैशाख २४ गते कोरोना पोजेटिभ देखिए पछि घरमै होमआइसोलेशनमा रहेका पूर्वमन्त्री शेरचनले पछिल्लो राजनीतिक घटनाक्रम र शुक्रबार मध्यराति सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेपछि सामाजिक संजालमा प्रतिक्रिया दिँदै शेरचनले लोकतान्त्रिक ( गणतान्त्रिक २०७२ संविधान) नेपालका निमित्त असफल भएको प्रधानमन्त्री तथा राष्ट्रपतिको कदमले प्रमाणीत गरेको आरोप लगाएका छन\ ।
पूर्वमन्त्री शेरचनले अबको विकल्पको रुपमा २०४७ र २०७२ संविधानलाई मिलाएर संवैधानिक राज संस्थालगायत धार्मिक स्वतन्त्र सम्मेतको हिन्दु राष्ट्रसहितको अग्रगामी संविधान २०७८ निर्माण गर्नु र २०४७ र २०७२ मा भएका संबिधानका राम्रा पक्षलाई लिएर अग्रगामी संविधान निर्माण गर्नु नै आजको आवश्यकता भएको बताएका छन् ।
शेरचनले वी.पी.कोइराले भनेझैँ राजसंस्था विनाको नेपाल कल्पना नगर्नु , अझै ५० औं बर्ष नेपालमा राज संस्थाको आवश्यक रहेकोे बताएका छन् ।
प्रतिक्रिया