Logo

राजनीति

सर्वपक्षीय सरकार गठन गरेर निर्वाचनमा जानुपर्छ : राप्रपा नेपाल



काठमाडौं । राप्रपा नेपालले आफ्ना माग पूरा नभए सडक आन्दोलन गर्ने चेतावनी दिएको छ ।

पार्टीले संविधान र सिस्टम नै असफल भएको दाबी गरेको छ । पार्टीले २०४७ सालको संविधानलाई टेकेर गोलमेच सम्मेलन गर्नुपर्ने र गोलमेच सम्मेलनबाट बनेको सर्वपक्षीय सरकारले निर्वाचन गर्नुपर्ने माग गरेको छ ।

पार्टीले आज प्रकाशित गरेको विज्ञप्तीमा केन्द्रीय अध्यक्ष लाक्पा तामाङ, वरिष्ठ नेता विक्रमबहादुर बम र राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले हस्ताक्षर गरेका छन् ।

शुक्रवार राष्ट्रपतिसमक्ष प्रधानमन्त्री बन्नका लागि दिएका दुवै दाबी जाली र किर्ते भएको पार्टीको ठहर छ ।

प्रकाशित मिति : जेष्ठ ८, २०७८ शनिबार  ८ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।