संसद विघटनसँगै जनता समाजवादी पार्टी (जसपा) काे विवाद झन गिजाेलिएकाे छ। जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णमाथि कारबाही चलाएकाे छ।
अध्यक्ष यादवसहित शनिबार सोह्रखुट्टेमा बसेको कार्यकारिणी बैठकले चार जना नेताहरूले पार्टीको विधानविरुद्ध गतिविधि गरेको निष्कर्ष निकाल्दै स्पष्टीकरण सोधेको छ ।
ठाकुर–महतो समूहले गत शुक्रबार प्रधानमन्त्री केपी ओलीको पक्षमा उभिने निर्णय गरेको थियो। तर यादव-भट्टराई पक्ष भने ओलीकाे कदमविरुद्ध पाँच दलकाे आन्दाेलनमा छ।
प्रतिक्रिया