प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई तपाईं सम्बोधन नगरेकोप्रति कुण्ठा पोखेका छन् । थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत देउवाले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेपछि आक्रोश व्यक्त गरेका हुन् ।
उनले कांग्रेस सभापति देउवाले राष्ट्रपतिलाई सम्बोधन गरेको भाषाप्रति कुण्ठा व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, “शेरबहादुर देउवाले १११ जना सांसदको बलमा धारा ७६(५) को सरकार बनाउने दाबी खारेज भएपछि असैह्य पीडाबोध गर्नुभएछ । ७६(२) को सरकार बनाउने असफलता सम्झदै पानी छम्कदै गर्नुपर्ने थियो ! एमालेकै२६ र जसपाका१२ गरी ३८अरूका सांसद समावेश गरेर प्रम हुन खोज्नु त लोकतन्त्रको नै दिवालियापन हो ।”
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपतिलाई सम्बोधन गर्ने क्रममा तपाईं नभनेकोप्रति आपत्ति प्रकट गरेका थिए । उनले भनेका थिए, “शेरबहादुर देउवाले पनि राष्ट्रपतिलाई सम्बोधन गर्नेक्रममा पाखण्डी भाषा प्रयोग गरेका छन् ।”
शेरबहादुर देउवाले १११ जना सांसदकाे बलमा धारा७६(५) काे सरकार बनाउने दाबी खारेज भएपछि असैह्य पीडाबाेध गर्नुभएछ। ७६(२) काे सरकार बनाउने असफलता सम्झदै पानी छम्कदै गर्नुपर्ने थियाे! एमालेकै२६ र जसपाका१२ गरी ३८अरूका सांसद समावेश गरेर प्रम हुन खाेज्नु त लाेकतन्त्रकाे नै दिवालियापन हाे । pic.twitter.com/QU5lCRxwR4
— Surya Thapa (@ThapajiSurya) May 23, 2021
प्रतिक्रिया