Logo

राजनीति

राष्ट्रपतिको अनुहारमा गोबर छ्याप्नेहरुलाई रिहाइको माग‍‍



बिहिबार मध्यरातमा प्रधानमन्त्री र राष्ट्रपतिले गरेको संसद विघटनको निर्णयप्रति सरकारको चौतर्फी चर्को विरोध भइरहेको छ ।

विपक्षदलहरु गठबन्धनको छलफलमा व्यस्त रहेका छन् भने विपक्षीदलका संघ संगठनहरु सडकदेखि सामाजिक संजालसम्म विरोध प्रर्दशन गरिरहेका छन् । यस्तै, विरोध प्रर्दशन गर्ने क्रममा मष्तिस्कमा गोबर भरिएका महामहिम जोडिलाई आज बानेश्वरमा गोबर उपहार दिने क्रममा नेपाल विद्यार्थी संघका नेतालाई पक्राउ गरेको हो ।

नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले पक्राउ परेका नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठी लाई यथाशीघ्र विनाशर्त रिहाइको जोडदार माग गरेका छन् ।

यो महामारीको बीचमा राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएकाले हामी सडक संघर्षमा आउन बाध्य भएको र सम्पूर्ण लोकतन्त्रवादी एक जुट भई संघर्षको बाटो बाट संविधानको संरक्षण र ओली लाई सत्ताच्युत गर्न अब ढिलो गर्नु नहुने उनले बताएका छन् ।

186224798_4375713619119899_9050604160328458103_n.jpg

प्रकाशित मिति : जेष्ठ ९, २०७८ आईतबार  ११ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।