प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको अनुहारमा गोबर छ्यापेका छन् । ‘ओली–विद्या गठबन्धन’ ले मध्यरातमा संविधानको चीरहरण गरेको विरोधमा सांकेतिक नेविसंघले बानेश्वरमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर लत्पत्याएर विरोध जनाएका हुन् ।
सो क्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीले मिलेर ‘संसद्को हत्या’ को गरेको भन्दै चौतर्फी विरोधहरु भइरहेका छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको अनुहारमा गोबर छ्यापेको घटना सार्वजनिक भएपछि राजनीतिक विश्लेषक तथा साहित्यकार खगेन्द्र संग्रौलाले आफ्नो अनुहारमा गोबर छ्याप्नमा विद्याकै उत्तेजक कर्तुत भएको टिप्पणी गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन्, “गोबर छ्याप्ने हात नवराज त्रिपाठीको हुनसक्छ । यो हातको भड्काउकारी वा उत्तेजक तत्त्वचाहीँ विद्या भण्डारीको कर्तुत हो ।”
नेविसंघले पक्राउ परेका आफ्ना नेता त्रिपाठीको रिहाइको माग गरेको छ । प्रतिनिधिसभा विघटनका विरुद्ध विपक्षी दलका कार्यकर्ताहरुले निषेधाज्ञाकैबीच सांकेतिक प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया