Logo

राजनीति

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने ‘सांसद्’हरु नागरिकतासहित सिंहदरबारमा, सर्वोच्च जाने तयारी



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने ‘सांसद्’ हरु सिंहदरबारमा भेला भएका छन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी गठबन्धनका ‘सांसद्’ हरु नागरिकतासहित सिंहदरबारमा भेला भएका छन् । 

उनीहरुले कानुनी लडाइँका लागि सर्वोच्च अदातल जाने तयारी गरिरहेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४९ जना सांसदको तर्फबाट दायर हुन लागेको रिटमा हस्ताक्षर गरेर सबैजना भौतिक रूपमा अदालतमा उपस्थित हुने बताइएको छ ।

सिंहदरबार कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी सांसदहरूलाई बोलाएर नागरिकता समेत मागिएको छ । सबै प्रक्रिया पुर्‍याएर सर्वोच्च जाने विपक्षी सांसदहरूको तयारी छ । 

शुक्रबार मध्यराति प्रधानमन्त्रीमा दाबी गरेका शेरबहादुर देउवा र केपी शर्मा ओलीको दाबीको आधार नपुगेको भन्दै निवेदन खारेज गर्दै राष्ट्रपति संसद् विघटनको घोषणा गरेकी थिइन् । सर्वोच्चद्वारा संसद् विघटन भएको तीन महिना नपुग्दै पनु: विघटन भएपछि विपक्षी दलहरु आक्रोशित भएका हुन् । 

फाइल तस्बिर ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आईतवार १२:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।