Logo

राजनीति

विपक्षी गठबन्धनका नेताहरु सर्वोच्च जाने तयारीपछि सुरक्षा व्यवस्था कडा



विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालत जाने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आइतबार बिहानदेखि नै सर्वोच्च अदालत परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवाद केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्न जाने तयारी गरिरहेका छन् ।

सर्वोच्च जानुअघि प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेका १४९ सांसद्हरुले सिंहदरबारमा हस्ताक्षर संकलन गरिरहेका छन् । शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा कसैको पनि दाबीको आधार नभएको भन्दै संसद् विघटन र निर्वाचनको मिति घोषणा गरेकी थिइन् । राष्ट्रपति र प्रधानमन्त्रीको यस कदमलाई विपक्षी गठबन्धले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ ।

grg.jpg

bb.jpg

afa.jpg

b.jpg

188594982_391670902030157_8686608646348431949_n.jpg

 

187549823_2288447887959370_6162326623072877046_n.jpg

188109120_874725113081575_904903880883403295_n.jpg

186551456_310335467357453_5724248090374348210_n.jpg

186504632_599111057719542_8302473999870968413_n.jpg

185391585_904197927159177_3347253640886487104_n.jpg

185296259_163177572418723_3408708351803495503_n.jpg

a.jpg

b.jpg

प्रकाशित मिति : जेष्ठ ९, २०७८ आईतबार  १ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।